‘विप्लवलाई मैँले राम्रोसँग चिनेको छु, मेरो नक्कल गर्न खोज्दैछ’

फागुन २७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिके राउतसँग जनमत संग्रहका विषयमा कुनै सम्झौता नभएको स्पष्टिकरण दिएका छन् । 

सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् । ‘सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउनु सरकारको दायित्व हो । पृथकतावादी आन्दोलनले भविष्यमा खतरा बढ्न सक्छ । त्यसैले यसलाई मलजल गर्नु हुँदैन । राउतसँग सहमति गर्नु जायज हो ।’ 

आइतबार सिके राउतका कार्यकर्ताले सरकारसँगको सम्झौता विपरित गरेको गतिविधिको प्रसंग कोट्याउँदै उनले भने, ‘यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छु । प्रधानमन्त्रीले सहमतिका विषयमा सिके राउतलाई बुझाउन बाँकी भएका कारण यस्तो भएको हो भन्नु भएको छ ।’ 

null

यस्तै उनले मुलधारको राजनीतिमा आउन विप्लव समूहलाई पनि आग्रह गरेका छन् । ‘मैँले विप्लवलाई राम्रोसँग चिनेको छु । विप्लव पार्टीले मेरो नक्कल गर्न खोज्दैछ । तर यो पार लाग्ने बाटो होइन । त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदर आइसकेको छ’, उनले भने ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *