बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

फागुन २३, भादगाउँ ।  मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा आज दुई वटा मोटरसाइकल एकापसमा ठोकिन्न गई लडेर विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा७४प ५५३ नंको मोटरसाइकलले विपरीत दिशा प्रदेश–३–०२–००२ प ६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकमा लडेको, विपरीत दिशातर्फबाट आउँदै गरेको बा.२.ख ४८६८ नंको बसले समेत ठक्कर दिँदा प्रदेश ३–०२–००२ प ६३ नंको मोटरसाइकल चालक काभ्रे देउपुर–३ घर भई हाल मध्यपुर–९ बोडे बस्ने २४ वर्षीय सन्तोष राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील पाण्डेले जानकारी दिए । 

प्रहरीले सवारी साधनसहित मोटरसाइकल चालक काठमाडाँै महानगरपालिका–३२ पेप्सीकोला बस्ने २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बस चालक सिन्धुपाल्चोक बलेफी–३ घर भई हाल पुरानो थिमी बस्ने २४ वर्षीय ताराबहादुर तामाङ नियन्त्रणमा लिएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *