मोटरसाईकल दुर्घटनामा महिलाकाे मृत्यु

फागुन १८, राजविराज ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा  मोटरसाईकल दुर्घटनामा परी आज एक महिलाको मृत्यु भएको छ । 

 वोदेबर्साइन नगरपालिका– १ बस्ने ३९ वर्षीया कपुरदेवी मण्डलकाे मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । उनी मोटरसाइकलको पछाडि बसेकी थिइन् । माेटरसाइकल चालक मृतका पति दुर्गानन्द र उनकै छाेरा १२ वर्षीय चेतनारायण भने सामान्य घाइते भएका छन् । 

घाइते उनीहरुको ठेलिया स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ५ प १६८७ नं को मोटरसाईकललाई विपरीत. दिशाबाट आउँदै गरेको ना ६ ख १३१७ नं को मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *