सिलिण्डर पड्केर आगलागी हुँदा १५ लाखको क्षति

फागुन २९, सिरहा ।  बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर सिरहाको लहान नगरपालिकामा गएराति आगलागी हुँदा करीब रु १५ लाख मूल्यबराबरको क्षति भएको छ । लहान नगरपालिका २२ गम्हरिया निवासी राधेश्याम चौधरीको घरमा बिहे भोज बनाइरहँदा अचानक ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए । 

आगलागीबाट चौधरीले छोरीको बिहेका लागि ल्याएका रु आठ लाख बराबरको सरसामान, रु दुई लाख नगद र रु डेढ लाखको सुनचाँदी जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

घरबाट आगो सल्केर चौधरीसहित छिमेकी दुखी चौधरी, बालकृष्ण चौधरीको एक/एक घर र खाद्यान्न गरी करीब रु १५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र लहान नगरपालिकाको दमकलले दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *