अन्तरिम विधान परिमार्जन सहित अनुमोदन

फागुन २८, काठमाडाैँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को उच्चस्तरीय कार्य सम्पादन समितिको आज बसेको बैठकले अन्तरिम विधान परिमार्जनसहित अनुमोदन गरेको छ । 

गत माघ १७ गते राप्रपा (प्रजातान्त्रिक) र एराप्रपा (राष्ट्रवादी) बीच एकताका लागि अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको आधारपत्रानुसार नियमावली, घोषणापत्र, प्रतीकचिह्न, झण्डा, चुनाव चिह्नलगायत विषयमा बैठकमा छलफल भएपछि विधान पारित भएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए। विधानमा २०५ केन्द्रीय कार्य समिति रहने व्यवस्था छ । 

बैठकले एकीकरण हुनु अगाडि दुई दलमा रहेका केन्द्रीय कार्यसमितिका सदस्यलाई नयाँ कार्यसमितिमा ल्याउने निर्णय पनि गरेको छ । नयाँ कार्य समितिको नामावली निर्वाचन आयोगमा बुधबार पठाइने भएको छ । 

null

यसैबीच राप्रपाले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र हिन्दूत्वको माग गर्दै यही फागुन १५ गतेदेखि शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा मेची–महाकालीको विभिन्न भागमा पुगेर यही फागुन ३० गते काठमाडौँ आइपुग्ने भएको छ । आगामी चैत १ गते भने समापनसभा गरिने कार्यक्रम छ । उक्त यात्रा गत आइतबार बाँके, सोमबार दाङ र मङ्गलबार रुपन्देही पुगेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *