अख्तियारका पाठकलाई ७८ लाख घूस खुवाउने लम्बोदर न्यापाने फरार

चैत्र ३, काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने फरार भएका छन् । तत्कालिन अख्तियारका आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस खुवाएको आरोप लागेका तत्कालिन कलेजका अध्यक्ष लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् । 

गत साता अख्तियारले अनुसन्धानको दायरमा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो । आयोगको निर्देशनको सूइको पाएर न्यौपाने भूमिगत भएका हुन् । 

लम्बोदर न्यौपानेका छोरा (भतिज भनेर आफुलाई चिनाउने) प्रभाकर न्यौपानेले पनि आफुलाई उनको बारेमा कुनै जानकारी नभएको बताए । विशालनगर चण्डोल स्थित लम्बोदर न्यौपानेकै घरमा बस्ने प्रभाकरले मकालु खबरलाई आफु दुई चारदिन देखि उर्लाबारीमा रहेको बताउँदै सम्पर्क नभएको जवाफ दिए । ‘खै म घरमा छैन, उर्लाबारी आएको छु, उहाँसँग मेरो सम्पर्क छैन ।’ उनले भने । पुनः उनले आफु एक महिना अगाडी नै लम्बोदर न्यौपानेको घरबाट निस्किएको बताए । सुरुमा ४–५ दिन भयो उर्लाबारी आएको बताएका उनले पटकपटक कुरा फेरे । ‘म कहाँ छु तपाईलाई भन्न मिल्दैन, म उहाँको (लम्बोदर न्यौपाने) सम्पर्कमा छैन यत्ति हो ।’ उनले मकालु खबरसँग भने । 

null

 

लम्बोदर न्यौपानेका दुई वटा मोवाइलमा सम्पर्क गर्दा स्विचअफ देखाएको छ । 

सामाजिक संस्थाका रुपमा दर्ता भइ सञ्चालनमा आएको नेपाल इन्जिनियरिङ कलेजलाई लम्बोदर न्यौपानेले डेढ वर्ष यता निजिकरण गर्ने अनेक हर्कत गर्दै आइरहेका छन् । उनले कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै अख्तियारका तत्कालीन आयुक्त पाठकलाई बुझाएको ७८ लाख घुस प्रकरणमा पाठकसँगै उनीपनि अनुसन्धानको दायरामा थिए । 

आयोगले ७८ करोड घूस प्रकरणमा बिचौलिया ज्ञानेन्द्र झा, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठक (आयुक्त पाठकका भाइ हुन्) सँग समेत बयान लिइसकेको छ । 

अख्तियारले न्यौपानेसँग बयान लिइरहेको अवस्थामा उनी सम्पर्क विहिन भएको बुझिएको छ । अख्तियारले न्यौपानेलाई दोस्रोपटक बयानका लागि बोलाउँदा नआएपछि उनी नेपाल छाडेर भागेको हुन सक्ने देखिएको छ । 

स्रोतका अनुसार अख्तियारले हिरासतमै लिएर थप बयान लिने जानकारी पाएपछि न्यौपाने फरार भएका हुन् । अख्तियारले उनी रहने संभावित स्थानमा खोजी गरेपनि पत्ता लगाउन सकिरहेको छैन । आयोग सिआइविसँग समन्वय गरेर न्यौपानेको घर विशालनगरमा खानतलासी समेत लिएको थियो । उनका नजिकका आफन्त लगायतका घरमा समेत सोधखोज गरिसकेको छ । 

 

अध्यागमन विभागले न्यौपानेको पासपोर्ट ब्ल्याक लिष्टमा राखेको छ । विभागकाे वेभसाइटमा गएर चेक गर्दा न्याैपानेकाे पासपाेर्ट ब्ल्याक लिस्टमा राखिएकाे देखिन्छ । 

स्रोतका अनुसार न्यौपाने भारत छिरिसकेका छन् । हवाइ मार्गबाट जान नसक्ने भएपछि न्यौपाने स्थल मार्ग हुँदै भारत छिरेका छन् । उनका भतिज (जो हरदम न्यौपानेको साथमा रहन्थे) उनी पनि यतिबेला आफु विर्तामोड भएको दावि गर्छन् । उनले नै लम्बोदर न्यौपानेलाई सिमापार गराएको स्रोतको दावि छ । लम्बोदर न्यौपानेका भतिज प्रभाकर न्यौपाने यदी मोरङ उर्लाबारी भए उनी विराटनगर जोगवनी तथा काकडभिट्टा हुदै भारत प्रवेश गरेका हुन सक्छन् । 

लम्बोदर न्यौपानेलाई भगाउन उनका साझेदार रामरत्न उपाध्यायले समेत सहयोग गरेको स्रोतको दावि छ । कलेज निजीकरण गर्न लम्बोदर न्यौपानेलाई सहयोग पुर्याउँदै आएका उपाध्यायले घूसकाण्ड पछि नै उनलाई भूमिगत रहन सुझाब दिएका थिए । यस विषयमा उपाध्यायसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

उपाध्यायको घरमा फोन गर्दा उपाध्यायकी श्रीमतिले चार पाँच दिन यता लम्बोदर न्यौपानेसँग सम्पर्क नभएको भन्दै कलेजको बारेमा केहि कुरा नगर्ने बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *