दार्चुलामा जीप दुर्घटना हुँदा १० जनाको मुत्यु (अपडेट)

फागुन १७, दार्चुला । दार्चुलाको राताकाठामा जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ । अहिले साँझ से १ ज २८० नंं को जीप दुर्घटना हुँदा ४ महिला ३ पुरुष २ बालबालिकाको शव फेला परेको बताइएको छ । जीपका चालक दीपक धाँमी गम्भिर घाइते भएका छन् । तिङ्कर सडकखण्डको राताकाठामा शुक्रबार राति ८ बजेतिर यात्रुले भरिएको जिप दुर्घटनामा परेको हो । दुहु गाउँपालिका-३ राताकाठामा दार्चुलाबाट हिकिला गइरहेको जिप सडकबाट भिरमा खसेको हो । 

जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

घटनास्थलबाट जिप चालक दीपकसिंह धामीलाई उद्दार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको छ। घटनास्थलमा १० वटा शव भेटिएको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति भिमबहादुर चन्दले बताए । 

null

जिपमा १४ जना सवार रहेको प्रहरीको भनाइ छ। जिप सडकबाट करिब ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ। रातको समय भएकाले उद्दारमा कठिनाइ भएको प्रहरीको भनाइ छ। 

घटनास्थल दार्चुला सदरमुकाम खलंगाबाट आठ किलोमिटर दूरीमा पर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =