एन आई सी एशिया क्यापिटल लिमिटेडको सिइओमा राउमाझी

 

चैत्र १०, काठमाडौं । एनआई सी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेनद्र रायमाझी नियुक्त भएका छन् । 

कम्पनीको ५५औ सञ्चालक समितिको बंैठकको निर्णय अनुसार एन आई सी एशिया क्यापिटल लिमिटेडको सिइओ पदमा रमेन्द्र रायमाझीलाई नियुक्त गरिएको हो । 

null

रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् । विगतको कार्य सम्पादन तथा कार्य अनुभवहरुबाट उनको कार्यकालमा क्यापिटलको समग्र व्यवसाय बिस्तार हुनुका साथै क्यापिटल बाट प्रदान गरिने सम्पूर्ण सुविधाहरु उत्कृष्ट रहने विश्वास लिइएको छ । 

एन आई सी एशिया क्यापिटलले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय, सेवा प्रदान गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *