रोग फैलन नदिन कुखुरा आयातमा रोक

 

चैत ८, पर्वत ।  कास्की लगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वत सहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । 

पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक राम्जीप्रसाद पौडेलले जानकारी दिए । कास्की, चितवन, मकवानपुरलगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयातमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाइ छ । 

null

डिमुवाबाट बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुई गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको छ । कुश्मा र म्याग्दी तथा जोमसोमतर्फ बिक्रीका लागि लगिँदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो । 

कास्कीमा बर्डफ्लू देखिएपछि पर्वत सहितका छिमेकी जिल्ला पनि उच्च जोखिममा रहेका छन् । छिमेकी जिल्लाबाट पक्षीजन्य उत्पादन बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *