‘दि भ्वाइस’को सिजन २ को अडिसन चैत १० मा सकिदैँ

 

चैत ४ ।  विश्वमा सर्वाधिक रुचाईएको रियालिटी शो ‘दि भ्वाइस’ को सिजन २ को डिजिटल अडिसन चैत्र १० गते सकिने भएकाे छ ।  यस शाेका निर्माण टिमले काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएका हुन् । 

एएनसी इभेन्ट म्यानेजमेन्टले नेपाल भित्राएको यस चर्चित रियालिटी शो सिजन २ को डिजिटल अडिसन माघको १ गतेबाट सुरु गरिएको थियो । करिब १० हजार प्रतिभाहरुले आफ्नो आवाजबाट पहिचान बनाउने उद्देश्यले अडिसन दिएको बताइएको छ । विश्वभर छरिएर रहेका प्रतिभाले ‘द भ्वाइस अफ नेपाल’को मोबाइल एप डाउनलोड गरेर अडिसन दिन सकिनेछ । साथै, फेसबुक वा भाइबरजस्ता म्यासेजिङ एपमार्फत पनि आफ्नो स्वर रेकर्ड गर्न सकिने बताइएको छ । अडिसनलाई सहज र सुलभ बनाउनका लागि यसपटकदेखि सामाजिक संजालमार्फत पनि अपाm्नो स्वर पठाउन सकिने व्यवस्था गरिएको यो शोका निर्देशक एवं निर्माता लक्ष्मण पौडेलले बताए । 

null

यस्तै, यसपटकदेखि फोन गरेर पनि आवाज रेकर्ड गर्न सकिनेछ । आयोजकले दिएको जानकारी अनुसार ९८२३६१४१८५ मा फोन गरेर अडिसन दिन सकिनेछ । हिमालय टीभी एचडीमा प्रशारण हुने यस शोको सिजन १ ले दशर्कको मन जित्न सफल भएको रियालिटी शो साबित भएको थियो उक्त सिजन १ लाई दर्शकले अति रुचाएका थिए अब यस शोको सिजन २ असारबाट सुरु हुने बताईएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *