कामना सेवाकोे गाईघाट र राजविराजमा एकैदिन दुई शाखा सञ्चालनमा

काठमाडौं, १४ चैत्र । कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ र २ को उदयपुर र सप्तरी जिल्लाको त्रियुगा र राजविराज नगरपालिका, वडा नं ११ र ४ मा यही चैत्र १३ गते आफ्नो ७६ औं र ७७ औ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ गरिएको हो । 

 

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरि प्रदेश नं २ मा दश शाखा र प्रदेश नं १ मा ४ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा जानकारी दिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत अधिकृत बस्नेतले बताए । 

null

काठमाडौं ३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ७७ वटा शाखा कार्यालयहरु तथा ३२ वटा ATM मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *