सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

 

चैत्र १०, काठमाडाैँ ।  सिद्धार्थ बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बीचबीमा सेवादिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्नभएको छ । सम्झौता अनुसार  सिद्धार्थ बैंक लि. ले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मीलाईफ इन्स्योरेन्स लि. को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ । 

महालक्ष्मीलाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिकबीमा योजना र लगानीफिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७गतेबाट कारोबार प्रारम्भ गरेको छ। महालक्ष्मीलाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ । 

null

सम्झौतामा  सिद्धार्थ बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धक  अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट सहायक महाप्रबन्धक  सपना खरेलले हस्ताक्षर गरे । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *