नेपाल बार एशोसिएसनको निर्वाचन हुँदै, कसकाे पल्ला भारी !

चैत्र १६, काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयन गर्न आज (शनिबार) निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि हुने मतदान बिहान ८ बजे शुरु हुनेछ । बारमा २५ पदका लागि ६३ जनाले उम्मेदवारी दिएका छन । त्यस्तै मतदान अपराह्न ४ बजे सकिनेछ । 

नयाँ नेतृत्वका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोली चुनावी मैदानमा उत्रिएको छ । उनका प्रतिष्पर्धीका रुपमा कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष सुनीलकुमार पोखरेल नेतृत्वको टोली चुनावी मैदानमा छन । एनएलएलाई मधेसकेन्द्रित दल र डिएलएलाई राप्रपानिकट कानून व्यवसायीले साथ दिएका छन् । 

 

null

नयाँ शक्तिबाट अध्यक्षमा कृष्ण शर्मा, महासचिवमा डा. रामहरि त्रिपाठी, कोषाध्यक्षमा नारायण खरेल र सदस्यमा रामबहादुर मिजार पनि प्रतिस्पर्धामा उत्रिएका छन् । बारमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजना चुनिने व्यवस्था छ । महिला उपाध्यक्ष १ र ७ वटै प्रदेशबाट १/१ जना गरी ८ उपाध्यक्ष र १४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । 

मुख्य निर्वाचन अधिकृत दामोदर खड्काले बारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालत गरी १० ठाउँबाट मतगणना गर्ने तयारी रहेको जानकारी दिए । निर्वाचनमा १० हजार एक सय ४१ मतदाताले सहभागिता जनाउने छन् । 

आज हुने निर्वाचनको मतपेटिका आउन भने २ दिन लाग्ने छ । मतपेटिका संकलन भएपछि मतगणना शुरु हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *