चिठ्ठामा परेकाे एक किलो सुनबाट एम्बुलेन्स खरिद

 

चैत्र १२, पोखरा ।  पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कार वापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् । 

समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कार अन्तर्गत एक किलो सुन प्राप्त भएको छ । उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । 

null

उनका अनुसार आगामी नयाँ वर्ष २०७६ भित्र एम्बुलेन्स सञ्चालनमा ल्याइने छ । समिति मार्फत् देशको विभिन्न स्थानमा एक हजार ३७८ बसले यातायात सेवा दिँदै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *