‘मिस नेपाल–२०१९’को काठमाडौँ अडिसन सकियाे

 

चैत्र ११, काठमाडौँ । यस बर्ष हुने मिस नेपालको काठमाडौँ अडिसन सकिएको छ । हिजो आईतबार अन्नपूर्ण होटलमा ‘मिस नेपाल २०१९’ को छनाैट प्रकृया सम्पन्न भएको आयोजक टिमले जनाएकाे छ । काठमाडौं अडिसन सम्पन्न भएपछी बिभिन्न देशमा रहेको नेपाली युवतीलाई ‘स्काईप’मार्फत अडिसन लिइएको दि हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपतीले जानकारी दिए । 

अडिसनबाट छनोटमा परेका प्रतियोगीलाई बिभिन्न तालिम दिएर दोस्रो चरणका तयार गरी दोस्रो चरणबाट २५ प्रतियोगीलाई मात्र छनौट गरिनेछ र फाईनलमा ति २५ प्रतियोगी मध्ये १९ जना सुन्दरीलाई मात्र सहभागी गराइनेछ । 

null

 

यसपालीको ‘मिस नेपाल २०१९’ अडिसनमा मिस नेपाल २०११ मलिना जोशी, मिस नेपाल २०१३ इशानी श्रेष्ठ, हिडेन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकार, हिडेन ट्रेजरकै अर्का निर्देशक सुर्विन क्षेत्री, हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपती, करियोग्राफर ऋचा गुरुङ शर्मा निर्णायकको रुपमा सहभागी भएका थिए । 

काठमाण्डौ लगायत नेपालको बिभिन्न आठ शहरमा लिईएको अडिशनमा देशभरबाट दुई सय भन्दा बढी प्रतियोगीहरुको सहभागिता रहेको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *