गुडी रहेको स्कुटरमा अचानक आगलागी (भिडियाे सहित)

चैत्र १०, काठमाडौं । गुडी रहेको स्कुटरमा अचानक आगलागी भई पुर्ण रुपमा क्षति भएको छ । चन्द्रगिरि नगरपालिका १२ चुनदेवि चोक देखि नजिक भित्रि शाखा सडक खण्डमा गुडी रहेको स्कुटरमा अचानक आगलागी भई पुर्ण रुपमा क्षति भएको हो । 

महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका ट्राफिक प्रहरी जवान रमेश शर्माका अनुसार साँझ ५ः४५ मा बा ५१ प २९७८ नम्वरको रातो रङ्गको महिन्द्रा डियुरोमा स्कुटर गुडिरहेको अवस्थामा अचानक आगलागी हुँदा उक्त स्कुटर पुर्ण रुपमा क्षति भएको छ । 

मुकेश चौधरीले चलाएको स्कुटरमा अचानक आगो लागेपछि आगो निभाउन खोज्दा खोज्दै स्कुटरमा पुरै क्षति भएको थियो । आगोका कारण मानविय क्षति भने नभएको महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ । 

null

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *