६२ करोड लगानीमा चितवन ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ निर्माण 

 

फागुन १८, चितवन । झण्डै ६२ करोड लगानीमा चितवन ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ निर्माण गरिएको छ ।निर्माणकारी संस्था कविलास रिसोर्ट एण्ड फन पार्क प्रालिको दावि अनुसार यो देशकै ठूलो रिसोर्ट हो । 

भरतपुर महानगरपालिका वडा नं. २९ मा करिब ४२ विगाहा क्षेत्रफलमा रिसोर्ट निर्माण गरिएको उक्त रिसोर्टमा ६२ जनाको लगानी छ । आगामी वैशाखमा पूर्णक्षमतामा सञ्चालन गर्ने योजना रहेको कबिलास रिसोर्ट प्रा.लि.का अध्यक्ष इन्जिनियर बाबुराम उपाध्यायले जानकारी दिए । 

null

 

रिसोर्टसम्म जान नारायणगढबाट दुईवटा बस आफैंले सञ्चालन गर्ने योजना रहेको प्रा.लि.का अध्यक्ष उपाध्यायले बताए । पहाडी भूभागहरूलाई कसरी पर्यटकिय केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने मोडल देखाउन रिसोर्ट निर्माण गरिएको अध्यक्ष उपाध्यायको भनाई छ । ‘चितवन राष्ट्रिय निकुञ्जका जंगली जनाबर हेरेर मात्रै नभई नेपालको पहाडी भूभागको बसोबास र अवस्थितिबारे जानकारी लिन समेत रिसोर्ट महत्वपूर्ण हुन्छ,’ अध्यक्ष उपाध्यायले भने, ‘आन्तरीक पर्यटक र बाह्य पर्यटकहरुलाई चितवनमा आकरर्षित गर्न थप एउटा गन्तव्यका  रूपमा कविलास रिसोर्ट पनि रहेको छ ।’ 

चितवनमा वार्षिक तीन लाखभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । हाल दैनिक १२ सय जति पर्यटकहरू यो रिसोर्टमा आउँने गरेका छन् । चितवन, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाबाट पर्यटक आउने गरेका छन् । पिकनिक खानेहरूको भिड रिसोर्टमा लाग्ने गर्दछ । 

 

५५० मिटर उचाइमा रहेको रिसोर्टमा नारायणगढभन्दा ५ देखि ७ डिग्रीसम्म तापक्रम फरक पर्ने अध्यक्ष उपाध्यायले बताए । गर्मीको समयमा शितल र जाडोको समयमा विहानै पारिलो घाम कविलासको पहाडी भूभागमा अनुभूती गर्न पाइने अध्यक्ष उपाध्यायको दावि छ । 

कविलासको अग्लो पहाड चौकी डाँडासम्म पुग्न सडकपेटी पनि निर्माण गर्ने योजना छ । भरतपुर महानगरले चौकी डाँडामा भ्यूटावर निर्माण गर्ने योजना बनाएको छ । रिसोर्टबाट चितवनको मुख्य–मुख्य बजार तथा देवघाट धामको मनोरम दृष्य अवलोकन गर्ने सकिन्छ । चौकीडाँडाबाट हिमालयको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । 

के-के छन् रिसोर्टमा ? 

रिसोर्ट एवम् पार्कमा अहिले ७५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कविलास रिसोर्टमा १२ रेष्टुरेन्ट छन् । ४ वटा रेष्टुरेन्टमा १५ देखि २० जना र ८ वटा रेष्टुरेन्टमा ४ देखि ६ जनासम्म मानिस अट्छन् । ८० जना क्षमताको बार छ । ४४ वटा सुविधा सम्पन्न कोठाहरु पनि रहेको रिसोर्टका म्यानेजर सुलभ ढकालले बताए । ३४ वटा कोठामा ३ जना र १० वटा कोठामा २ जना अटाउँछन् । एउटा कोठा दुई हजारदेखि तीन हजार रुपैयाँमा उपलब्ध हुनेछन् । 

 

रिसोर्टमा ७ वटा भिल्ला छन् । तिनमा ६ जना प्रत्येकमा बस्न सकिने व्यवस्था छ । एक रातमा रिसोर्टमा १६० जनासम्म सजिलोसँग बस्न सकिने म्यानेजर ढकालले जानकारी दिए । 

तीनवटा सेमिनार हल छन् । एउटामा ३०० र बाँकी दुई वटा सेमिनार हलमा दुई–दुई सय जना अट्छन् । पिकनिक स्पटहरु सेट सहितका २१ वटा छन् । दाउरा, भाँडाकुँडा, बिजुली पानीसहितको व्यवस्था गरिएको छ । आवश्यकता अनुसार अरु पिकनिक स्पटहरु पनि थप गर्दै लैजाने योजना रहेको रिसोर्ट म्यानेजर ढकालले बताए । 

मन्दिरमा भजनकिर्तन ।रिसोर्टको सबैभन्दा माथि मन्दिर निर्माण भैरहेको छ । मन्दिरमा भजनकिर्तन, नाचगान गर्न सकिन्छ । विवाह व्रतवन्ध समेत गर्न मिल्ने गरी संरचनाहरु तयार गरिएका छन् । फनपार्कमा तीन सय रुपैयाँको टिकट काटेर मात्रै भित्र प्रवेश गर्न पाइन्छ । तीन सय रुपैयाँको टिकट लिएपछि फनपार्कभित्र भएका सबै खेलहरुमा पर्यटकहरु सहभागी हुन पाउँछन् । 

अहिले वाटर गेम सञ्चालनमा आउन बाँकी छ । केही दिनमा नै यसलाई पनि सञ्चालनमा ल्याइने म्यानेजर ढकालले बताए । बाइक रेस, कम्प्युटर र भिडियो गेम, पुज बल, बुल राइड, फास्ट फुड, ब्रेक डान्स, फ्रिज बी, फेरीस ह्वील, ड्रयागन कोष्टर, बेवी ट्रेन, सन एण्ड मुन, स्ट्रिकिङ कार लगायतमा बालबालिका तथा उनीहरूका अभिभावक रमाउन सक्छन् । 

बाटर गेममा परिवारका सवै सदस्य बसेर खेल्न मिल्ने फेमिली स्लाइड, मल्टिपल स्लाइड, सिंगल स्लाइड, किड्स स्लाइड रहेका छन् । यस्तै वेभ पुल पनि रहेको छ । 

आफ्नै अर्गानिक फर्म ।रिसोर्टमा घरपालुवा तथा केही जंगली जनावरहरू राखेर मिनि चिडियाखाना निर्माणको काम पनि अघि बढेको छ । पहाडी जनजीवन र बसोबासको अनुभूति दिलाउने गरी रिसोर्टमा आउने पर्यटकहरुलाई आकर्षित गर्न अर्गानिक फर्म सञ्चालन गरिएको छ । 

स्थानिय जातका कुखुरा, खसी बाख्रा पालिएको छ । हाँस, खरायो, बट्टाई चरा पालन गरिएको छ । तरकारीसमेत अर्गानिक ढंगबाट उत्पादन गरेर खुवाउने योजना छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *