सुनारले तेस्रोपटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ राख्दै

 

फागुन २७, काठमाडौँ ।  पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वर्ल्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिए । 

जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलबाट दुईपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ज गरिसक्नुभएको छ । “एक ठाउँबाट अर्को ठाउँसम्म बीचमा आउने अवरोध हटाउँदै छाटो समयमा साधारण मानिसभन्दा फरक तरिकाले पुग्नु नै पार्कर हो”, खेलाडी सुनारले भने। खोटाङ जिल्लामा जन्मेका सुनार पार्कर खेलको विकासका लागि पनि निरन्तर लागि रहेका छन्। 

null

वर्ल्ड रेकर्डका लागि आजै ‘मस्ट ट्विस्टिङ्ग ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधाको रेकर्ड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलाडी सुनारलाई नेपालको झण्डा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *