दहचोक सिस्नेखोला सुरुङ मार्गको शिलान्याश जेठ भित्रः मन्त्री महासेठ

चैत्र ९,काठमाडौं । सरकारले उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुङ्गा सुरुङको प्रवेश मार्ग निर्माणको शिल्यान्याश आगामी बर्षको जेष्ठ भित्र गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शनिबार काठमाडौंको दहचोकदेखि नौबिसे नजिकको सिस्नेखोलासम्म बन्ने सुरुङको तयारीका बारेमा स्थलगत निरिक्षण गर्दै आगामी बर्षको जेष्ठ भित्र शिलान्याश गर्ने बताए । 

सुरुङ विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ भने यसको लागत रू. १७ अर्ब लाग्ने बताइएको छ । 

सुरुङ निर्माणका लागी जग्गा अधिग्रहणको कार्य सक्न पनि उनले स्थानीय तहलाई निर्देशन दिए । त्यस्तै कलंकी नागढुङ्गा सडकको पनि स्थलगत निरिक्षण गर्दै पहिलेको तुलनामा उक्तखण्ड निकै सुधार भएको मन्त्रीले दाबी गरे । ‘अबको केही महिना भित्र धुलो रहित सडकमा सरर हिड्ने दिन टाढा छैन’– मन्त्री महासेठले भने । 

null

उनले प्रधानमन्त्री केपी ओलीको चासोमा निर्माण भइरहेको कलंकी खड्कागाउँ, कंकाली गुम्वा, हुदै इन्द्रदल काजी कालुपाण्डे सडकको पनि निरिक्षण गर्दै प्रगतीको पनि जानकारी लिए । उक्त सडक निर्माणका लागी सरकारले १८ करोड २९ लाख बिनियोजन गरेको छ भने आगामी बर्षको मंसिरसम्म निर्माण कार्य सकाउने लक्ष्य लिइएको छ । 

 

त्यस्तै मन्त्री महासेठले सो क्षेत्रमा भइरहेका अन्य पूर्वाधारका बारेमा पनि जानकारी लिएको प्रदेशसभा सांसद केशव पोखरेलले जानकारी दिए । मन्त्री महासेठले महादेवस्थान, दहचोक जोड्ने पुल तत्कालीन एमाले नेता केपी ओलीले शिलान्याश गरेको र अहिले किन अलपत्र पर्यो भन्ने विषयमा चासो लिँदै उत्त पुल निर्माण गर्नका लागि सरकार लाग्ने र प्राविधिक सहितको टोली सोमबार सम्म खटाईने बताए । त्यस्तै बलम्वु दहचोक जोड्ने पुलको निर्माणकार्यमा पनि उनले चासो राखे । उत्त पुल एक वर्ष देखि अलपत्र हुँदा दहचोकका स्थानीय जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् । 

 

नेकपाका नेता तथा सांसद कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरिलाई नैपालकै नमुना पर्यटकीय स्थल बनाईने बताए । उनले सांसद विकास कोष बाट चन्द्रागिरिको पर्यटकीय विकासका लागि रकम समेत विनियोजित गरेको बताए । 

प्रदेश सभाका सांसद केशव पोखरेलले देशको आर्थिक सामाजिक रूपान्तरमा सबैले साथ र सहयोग गरे संमृद्ध नेपाल बन्नमा कुनै बाधा नआउने बताए ।चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले समग्र विकासका लागि कार्ययोजना नीति नियम र विकास प्रति जनताहरूमा अपनत्व हुने गरि स्थानीय सरकार गम्भीर रहेको बताए । 

स्थलगत निरिक्षणमा मन्त्री रघुविर महासेठ सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी, चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जन, ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापा लगायत विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *