११ वर्ष कैदको माग गर्दै राजनारायण पाठक विरुद्ध मुद्दा दायर, न्यौपानेलाई हुन सक्छ ८ वर्ष कैद

चैत्र १२ काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेबाट ७८ लाख घूस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले पूर्व आयुक्त पाठकलाई कलेजका तत्कालिन अध्यक्षबाट ७८ लाख घूस लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

आयोगको आज बसेको बैठकले यस सम्बन्धी निर्णय गरेको बताएको छ । आयोगले नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने सहित पाठकलाई विपक्षी बनाई ७८ लाखको मुद्दा दायर गरेको छ । पाठकलाई घूस दिने लम्बोदर न्यौपाने फरार छन् । दुई साता अघि आयोगले बयान लिँदालिँदै न्यौपाने फरार भएका हुन् । 

 

null

यस अघि नै राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले कलेजका अध्यक्ष न्यौपानेको ७८ लाख रुपैयाँ आयोगका तत्कालीन आयुक्त पाठकलाई बुझाएको स्वीकार गरेका थिए । 

 

घुस खाएको सम्बन्धी भिडियो सार्वजनिक भएपछि उक्त रकम आफूले लिएको तत्कालीन आयुक्त पाठकले स्वीकारेका थिए । साथै नेता झाले उक्त रकम आयुक्त पाठकलाई बुझाएको पनि स्वीकारेका थिए । घुस प्रकरणमा भिडियो सार्वजनिक भएपछि गत फागुन ३ गते पाठकले पदबाट राजीनामा दिएका थिए । 

भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार, ५० लाखदेखि एक करोड रुपैंया घुस लिनेरदिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुनेछ । पाठकमाथि अख्तियारले ८ वर्ष कैद सजाय हुनुपर्ने मागदावी गरेको छ । ऐनको दफा २४ मा विशिष्ट श्रेणीको कर्मचारी भ्रष्टाचारमा संलग्न भएको भेटिए थप ३ वर्ष कैद हुने व्यवस्था छ । जहाँ पाठकमाथि ११ वर्षसम्म कैद सजाय हुनसक्ने देखिएको छ । 

न्यायको सिद्धान्तले घूस लिने र दिने दुवै दोषी हुन् । यसर्थ नेपाल इन्जिनियरिङ कलेजको केसमा पाठकसँगै कलेजका न्यौपाने समेत उत्तिकै दोषी हुन् । आयोगले यहि सिद्धान्तलाई अंगिकार गर्दै न्यौपानेको हकमा ७८ लाख रुपैंया बिगो र ८ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ । आयोगको मागदावी ठहर भए न्यौपाने ८ वर्षसम्म कैद सजायका भागीदार हुन् । आयोगले बयान लिँदालिँदै यहि कुरा बुझेका उनी फरार भए । 

कलेजको विवाद मिलाई दिने भन्दै राजनारायण पाठकका भाइ एवं पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डिन शुभनारायण पाठकले समेत १५ लाख रुपैंया बुझेको खुलेको थियो । उक्त केसमा अख्तियारले भने मुद्दा दायर गरेको छैन । सार्वजनिक भिडियोमा राजनारायणको सिफारिस र रोहवरमा शुभनारायणले छोरालाई पढाउन १५ लाख रुपैंया अतिरिक्त घुस लिएको देखिएको थियो । उक्त १५ लाख रुपैंया घुस इञ्जिनियरिङ कलेजसँग सम्बन्धित नभएको र त्यो विषय इञ्जिनियरिङ कलेजसँग सम्बन्धनको विषय समावेश भएकाले त्यसबारे छुट्टै अनुसन्धान हुने आयोगले विज्ञप्तिमा जनाएको छ । 

भक्तपुर चाँगुनारायण स्थित नेपाल इञ्जिनियरिङ कलेजलाई निजिकरण गर्ने विषयमा न्यौपाने समूहले सामाजिक संस्थाको रुपमा दर्ता भएको कलेजलाई नीजि कम्पनीमा रुपान्तरण गरी अरबौंमा विक्रि गर्न अन्य सञ्चालकलाई समेत थाहै नदिइ कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. नामक एकलौटी कम्पनी खडा गरेका थिए । भने, कलेजको कार्यकारी अध्यक्ष हुँदा उनले करोडौं रकम अपचलन गरेका देखिएको थियो । कलेज सञ्चालक मध्येका दिपक भट्टराई लगायतले कलेजलाई सामाजिक संस्थाकै रुपमा सञ्चालन गर्नुपर्ने भन्दै लम्बोदर न्यौपानेका विरुद्ध अख्तियार सहित देशका १४ वटा सरकारी निकायमा उजुरी दिएका थिए । 

भट्टराईको उजुरी तामेलीमा राख्न भन्दै राजनारायण पाठकले लम्बोदर न्यौपानेबाट ७८ लाख घूस लिएको पुष्टि भएको हो । एक करोड ६५ लाख रुपैयाँमा डिल भएको घूसमा सुरुमा ४० र पछि ३८ गरी ७८ लाख रुपैंया न्यौपानेले पाठकलाई बुझाएका थिए । 

कलेजका तत्कालिन अध्यक्ष जसले पाठकलाई ७८ लाख घूस दिए उनी यतिबेला फरार रहेका छन् । राजनारायण पाठकसँग आयोगले बयान लिँदालिँदै न्यापानेलाई समेत बयानका लागि बोलाएको थियो । उनले एक पटक आयोगमा बयान समेत दिएका थिए । दोस्रो बयानका लागि आयोगले नियन्त्रणमै लिन सक्ने अवस्था देखेपछि उनी रातारात भैरहवा हुँदै भारत प्रवेश गरेको बुझिएको छ । 

 

अष्ट्रेलियाका पिआरधारी लम्बोदर न्यौपानेलाई भगाउन ठूलो भूमिका खेलेका ब्यक्ति हुन् उनका भतिजा प्रभाकर न्यौपाने र लम्बोदरका विजनेश पार्टनर तथा आफुलाई कलेजको सल्लाहकार भनेर चिनाउने बद्री चौलागाई । मकालु खबरलाई विस्वस्त सुत्रबाट प्राप्त जानकारी अनुसार एक साता अघि प्रभाकर न्यौपाने (जो आफुलाई लम्बोदर न्यौपानेको छोरा भनेर चिनाउँछन्) र लम्बोदर न्यौपानेका विजनेश पार्टनर बद्री चौलागाई र सांसद सुर्यबहादुर केसीले सिमा कटाएका हुन् । ‘बयान हुँदा हुँदै उहाँहरु गाडी लिएर निस्कनु भएको थियो । पूर्वजाने भनेर निस्कनु भएका उहाँहरु अहिले हाम्रो सम्पर्कमा हुनुहुन्न ।’ स्रोत भन्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *