भरतपुर मेघौली सडकखण्डको सबै स्थानमा कालोपत्रे हुने

चितवन, २२ फागुन । चितवनको भरतपुर मेघौली सडकखण्डको सबै स्थानमा कालोपत्रे हुने भएको छ । पश्चिम चितवनको भरतपुर मेघौली सडकखण्ड अन्तर्गत शारदानगर चनौली खण्डमा कालोपत्रे नहुँदा समस्या भोग्दै आएका सर्वसाधारणलाई भने, अबको दुई महिनापछि सहज हुने भएको हो । 

शारदानगरदेखि चनौलीको पुलसम्म स्थानमा कालोपत्रे नहुँदा पश्चिम चितवनबासीलाई यात्रा गर्न कठिन हुने गरेको थियो । शारदानगरको धर्मोदय चोक देखि चनौलीको रातोपुलसम्म कालोपत्रेको काम धमाधम हुँदै छ । 

 

null

सडकको दुवैतर्फ ढल निर्माण सम्पन्न गरी कालोपत्रेको लागि फिलिङ गर्ने काम भइराखेको निर्माणको जिम्मा पाएको विराज एण्ड जेभीका स्रोत व्यक्ति राजु सडौलाले जानकारी दिए । ‘हामीले फागुन महिनामा फिलिङको काम सकेर चैत्रबाट कालोपत्रे गर्ने तयारी गरेका थियौ’ उनले भने, ‘बजेट निकासा ढिला भएको, गिटी बालुवा झिक्न नपाएको कारणले केही समय पछि सरेको छ ।’ 

अहिले काम गर्न कुनै समस्या नभएकाले बैशाख महिनामा कालोपत्रे सम्पन्न गर्ने गरी काम भइराखेको उनले जानकारी दिए । करिब ५ किलोमिटर खण्डमा हुन लागेको कालोपत्रे निर्माणपछि भरतपुरबाट मेघौली सहजै यात्रा गर्न सकिन्छ । 

सो सडक खण्डमा अहिले ग्राबेल विछ्याएर डोजरले सम्याउने काम गर्दै आएको छ । ५ करोड ७७ लाखको लागतमा निर्माण हुदै गरेको सडकले यस क्षेत्रको वर्षौदेखिको समस्या समाधान हुने प्रदेश साँसद कृष्णप्रसाद भुर्तेलले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =