एकल जीवन बिताउँदै आएका एक बिरामी पुरुषको उद्धार 

फागुन १७ चितवन। पूर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ४ मा एकल जीवन बिताइरहेका एक विरामी पुरुषको उद्धार गरिएको छ । 

 

राप्ती नगरपालिकामा २५ बर्षदेखि बस्दै आएका हाइड्रोशिल र हर्नियाका विरामी मदन तामाङलाई उद्धार गरी उपचार गरिएको हो । उनलाई युवा समाजसेवी केदार आचार्यले खेतमा पानी तान्ने मोटर राख्न बनाइएको सानो घरबाट उद्धार गरेका हुन् । 

null

उनी हिडडुल गर्न नसक्ने अवस्थामा फेला परेपछि उद्धार गरिएको आचार्यले बताए । परिवार र आफन्त नभएकोले उनी स्थानीयले दिएको भात र चिउरा खाएर बाँचेका थिए । तामाङकाे बिहीबार दिउँसो १२ बजे उद्धार गरी नारायणी सामुदायीक अस्पतालमा ल्याई शल्यक्रिया गरिएको छ । 

डाक्टर भक्तमान श्रेष्ठ नेतृत्वको डा. रविन्द्र केसी, डाक्टर विशाल गौतम लगायतका चिकित्सकको टोलीले उनको शल्यकृया गरेको अस्पतालका निर्देशक चुडामणि खनालले जानकारी दिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *