बम बिस्फोट भएपछि वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन अनिश्चित

 

फागुन ३० काठमाडौँ । अध्यक्षको घरमा बम बिस्फोट भएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन अनिश्चित बनेको छ। मंगलबार बसेको संघको बैठकले आगामी चैत २६ गते निर्वाचन गर्न नसकिने निस्कर्ष निकालेको हो। 

फागुन २३ गते बसेको संघको बैठकले चैत २६ गते साधारण सभा बोलाउने र आगामी कार्यकालका लागि संघको निर्बाचन गर्ने घोषणा गरेको थियो। तर त्यसको भोलिपल्ट संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिस्फोट भएपछि व्यवसायी आतंकित भएकाले तत्काल निर्वाचन संभव नभएको संघको ठहर छ । 

null

बम बिस्फोटबाट अध्यक्ष गुरुङको गाडि, घर र कार्यालयमा क्षति पुगेको छ। स्थगित भएको साधारण सभा तथा निर्वाचन उपयुक्त वातावरण बनेपछि गर्ने संघले निर्णय गरेको महासचिव नरेश गेलालले जानकारी दिए।  संघको निर्णयमा प्रतिपक्षि व्यवसायीको पनि सहमती देखिएको छ। 

लोकतान्त्रीक फोरममा आवद्ध व्यवसायी बिमल ढकालले अहिले संघको निर्वाचन गराउने उपयुक्त समय नभएको प्रतिक्रिया दिँदै अर्को वर्षको मंसिरतिर निर्वाचन गर्नु उचित हुने बताए । यसअघि फागुन २३ गते बसेको संघकोक बैठकले कार्यकाल सकिनु पहिले नै निर्वाचन गर्ने मिति घोषणा गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *