सरकार फाँसीवाद भयोः मोहन बैद्य ‘किरण’

चैत्र ९, काठमाडौं । मोहन बैद्यको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सरकारद्वारा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन सहित आठ जनालाई गिरफ्तारको प्रति आपत्ति जनाएको छ । 

मोहन बैद्य ‘किरण’ले आजै प्रेस विज्ञप्ति जारी गरी सरकार फाँसीबादी हुँदै गएको आरो लगाउँदै कार्यकर्ता पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न भनेका छन् । 

केही समययता विप्लव समूहका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने र यातना दिने क्रम बढ्दै गएको र समूहमाथि प्रतिबन्ध समेत लगाइएकोमा सरकार फासिवादी भएको जिकिर गरिएको छ । ‘किरण’ले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न भनेका छन् । 

null

उनले विप्लव समूहप्रति राजनीतिक व्यवहार गर्न सरकारलाई आग्रह गरेका छन् । उनले समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न माग गरेका छन् ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *