जिन्दगी बगेको पानी हो…फेरी फर्कि आउँदैन लैबरी लै…

 

मध्यम कद, छरितो र मिजासिलो बानी ब्यहोरा अनी सानै उमेरदेखि जिज्ञासु स्वभाव । त्यहि जिज्ञासुपन, मिजासिलो र छरितोबानीले रवीन्द्र अधिकारीलाई राजनीतिमा मात्र हैन गीत संगित र साहित्यमा समेत आशलाग्दो प्रतिभाका रुपमा प्रस्तुत गर्यो । 

बुधबार दिउसो ताप्लेजुङको आकाशमा विलाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले नेपाली संगितको क्षेत्रमा ‘जोमसोमै बजारमा बाह्र बजे हावा सरर… घर हाम्रो पोखरा’ जस्तो आफ्नो जन्मथलोलाई परिचय गराउने लोकप्रिय गीत छाडेर गए । 

null

जोमसोमै बजारमा बाह्र बजे हावा सरर…२ए हजुर….. घर हाम्रो पोखरा…..अ‍ैलेसम्म भाछैन घरबार….. 

नेपथ्य ब्याण्डले बजारमा ल्याएको र अमृत गुरुङले गाएको यो गीतमा शब्द रवीन्द्र अधिकारीले भरेका थिए । गीतमा उनले ‘त्यो डाँडा ढाक्यो कुहिरोले….अझ पानी परेन’ भन्ने शब्द उल्लेख गरेका छन् । बुधबार दिउसो चुहानडाँडाको विमानस्थल अवलोकन गर्दै पाथिभरा देवीको दर्शन गरेर फर्कंदै गर्दा गीतका शब्दमा झैं डाँडामा ढाकेको कुहिरो, हिमपात र वर्षाले उनको जिवन लियो, आकाशमा उड्दै गर्दा । 

भनिन्छ, भगवानलाई पनि असल मान्छेको नै आवश्यक्ता पर्छ । अधिकारीले गीतमा उल्लेख गरेको शब्द जस्तै आम नेपालीको ब्यथा नबुझि धेरैको दिल चुडेर गए । 

त्यो डाँडा ढाक्यो कुइरोले… अझ पानी परेन लैवरी लै…दिल चुँडी लग्यो निष्टुरीले … मनको ब्यथा बुझाउँन लैबरी लै…. 

अधिकारीले गीतमा नै उल्लेख गरेका छन्, जिन्दगी बगेको पानी हो । जिन्दगीको महत्व बुभेका अधिकारीले गीत मात्र हैन, पाठकहरुका लागि संविधान सभा लोकतन्त्र र पुर्नसंरचना तथा संबृद्ध नेपाल गरी दुई पुस्तक आफ्ना कृति छोडेर विलाएका छन् । 

जिन्दगी बगेको पानी हो… फेरी फर्कि आउँदैन लैबरी लै… 

गीत संगितमा धेरै प्रतिकात्मक शब्द हुन्छ । गीतका प्रतिकात्मक शब्दमा उल्लेख गरेका धेरै काम रवीन्द्र आफुले सके । अनी गीतका शब्दमा झैं धेरैको दील चुँडेर, धेरैलाई रुवाएर निष्टुरी बन्दै ताप्लेजुङको आकाशमा विलाए ।अलविदा रवीन्द्र अधिकारी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *