कमव्याक नायिका निरुता सिंहलाई डेंगु

 

फागुन २६, काठमाडौँ । नेपाली चलचित्र जगतकी कमव्याक नायिका निरुता सिंह डेंगु रोगको शिकार भएकी छिन् । केही दिन अगाडी आफूले अभिनय गरेको चलचित्र ‘क्याप्टेन’ को प्रमोशनका लागि नेपालगञ्जमा जाँदा उनलाई डेंगु भएको हो ।  

केही समयको लागि नेपाल फर्केकी नायिकालाई लामो समयदेखि रुघा र खोकीले सिकिस्त बिरामी भएपछि उनी मुम्बई फर्केकी छिन् । मुम्बइमा उपचारको क्रममा उनलाई डेंगु भएको पत्ता लागेको हो । हाल उनको उपचार भइरहेको छ । निरुताले आफू अहिले उपचारको क्रममा रहेको र आफूलाई निकै डर लागिरहेको उनका निकट चलचित्रकर्मीलाई बताएकी छिन् । 

null

वरिष्ट चलचित्र निर्देशक तुलसी घिमिरेको दक्षिणा चलचित्रबाट करियर सुरु गरेकी निरुता पछिल्लो समय मुम्बइमा बसेर बेला बेला नेपाल आउँने जाने गरिरहेकी छिन् । उनले अभिनय गरेको फिल्म क्याप्टेन हाल प्रर्दशन भइरहेको छ भने उनीद्वारा अभिनित चलचित्र ‘दाल भात तरकारी’ बैशाख १३ गतेबाट प्रदर्शनमा आउँने तयारी रहेको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *