काङमाङ नरेशका युद्धकथा

 

चैत्र १५, काठमाडौँ । युद्धसाहित्यका पवर्तक काङमाङ नरेश राईले युद्धकथा सङ्ग्रह ‘एघार नोभेम्बर’ ल्याएका छन् । विश्वमा गोर्खाली गौरव र नेपाली समाजमा लाहुरेहरू शानका पात्रका रुपमा हेरिने वा देखिने गरेता पनि ब्रिटिस गोर्खा सेनाहरूको वास्तविकताचाहिँ कस्तो थियो र रहेको छ ? राईले यसै विषयलाई कथाको विषय बनाएका छन् । 

ब्रिटिस गोर्खा सेनाबाट अवकाशप्राप्त कथाकार राईको कथासङ्ग्रह ‘एघार नोभेम्बर’ भित्र ‘तक्मा’, ‘कान्ते अर्थात् क्रान्तिसिं’, ‘एक सेकेन्ड’, ‘ढङ्लङ बोजू’, ‘डिभोर्स’, ‘एघार नोभेम्बर’ र ‘लङ्टारिबुङ’ गरी सात वटा कथा समाविष्ट छन् । 

null

उनको यसअघि ‘युद्ध बोकेको सिताङ’ उपन्यास र ‘खुकुरीको धारमा’ नामक लाहुरेका युद्ध–अनुभवकथा र ‘पप्पफूल’ कविता सङ्ग्रह प्रकाशित छन् । ‘खुकुरीको धारमा’ नामक पुस्तक ‘फियरलेस वरिवर’ नामबाट अनूदित भई बेलायतको ओलम्पिया प्रकाशन गृहबाट प्रकाशित भएको छ । युद्धलाई आफ्नो लेखनको विषय बनाउने राईको ‘एघार नोभेम्बर’ यथार्थको आख्यान मान्न सकिन्छ । युद्धसाहित्यको अध्ययन, लेखन र प्रर्वद्धनमा समेत लागेका राईको कथा सङ्ग्रह फिनिक्स बुक्सले छापेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *