प्रिज्मा–प्रिन्सीको ‘हाम्रो माया जिन्दावाद’ (भिडियोसहित)

 

चैत १, काठमाडौँ । जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीको ‘माया जिन्दावाद’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ । 

टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सीको अभिनय रहेको ‘माया जिन्दावाद’ मा शिशिर भण्डारी पनि फिचर्ड छन् भने शब्द पनि उनैको रहेको छ । 

null

गीतमा शिशिर भण्डारी र विन्दु परियारको स्वर रहेको छ भने दिपक सिलवालले संगीत भरेका छन् । 

प्रिज्मा र प्रिन्सी फेसबुक, ट्विटर, टिकटक, इन्स्ट्राग्राम आदिको दुनियाँमा कैयौंको मनमा बसेका छन्। 

कुनै खास सार्वजनिक छवि नभए पनि सामाजिक सञ्जालमा थुप्रै फ्यान बटुल्न सफल  ‘सिटिजन सेलिब्रेटी’ हुन्, प्रिज्मा एन्ड प्रिन्सी खतिवडा । 

उनीहरूको संयुक्त टिकटक एकाउन्ट ‘ट्विन्नी गल्र्स’लाई २४ लाखभन्दा बढीले पछ्याएका छन्  भने प्रिज्माको ब्यक्तिगत टिकटक एकाउण्टमा ४ लाख १९ हजार बढी फ्यान छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =