ठुलो परिणाममा अवैध घरेलु मदिरा नष्ट

 

चैत ४, चितवन ।  चितवनमा ठुलो परिणाममा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय भण्डाराले राप्ती नगरपालिकाको विभिन्न क्षेत्रबाट बरामद गरेको करिव ५ हजार लिटर अवैध घरेलु मदिरा सोमवार नष्ट गरेको हो । 

स्थानीयवासी र पत्रकारको रोहवरमा तयारी तथा मदिरा वनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको थियो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी सहायक निरीक्षक शारदा शंकर शाहका अनुसार राप्ती नगरपालिकाको लोथर,घलानचोक,सिमरा चोक,चौकी डाँडा,अमृतपानी,गड्यौली,मुडाभार लगायतका क्षेत्रबाट सो परिणामको मदिरा बरामद भएको थियो । प्रहरीले संचालन गरेको एक टोल एक घण्टा अप्रेसन र अन्य समयमा गरेको गस्तीका क्रममा मदिरा बरामद गरेको शाहले वताए । 

null

मनहरीबाट गाडीमा लुकाई ल्याउँदै गर्दा प्रहरीले गरेको चेकजाँचका क्रममा मात्रै २ हजार लिटर घरेलु मदिरा बरामद भएको थियो । बाँकी मदिरा नगरको अन्य क्षेत्रबाट बरामद गरिएको प्रहरी सहायक निरीक्षक शाहले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *