आजबाट तीन चलचित्रको एकसाथ भिडन्त

चैत्र १, काठमाडौँ । हरेक हप्ताको शुक्रबार अर्थात सामान्य भाषामा चलचित्र क्षेत्रमा चलचित्र प्रदर्शनमा आउँने मिती भनेर बुझिन्छ । आजबाट तीन चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । आजबाट प्रर्दशनमा आएको चलचित्रमा पुरानो बुलेट, जानी नजानी र द म्यान फ्रम काठमाडौं‘ रहेका छन् । 

यसरी चलचित्रहरु एकैसाथ प्रदर्शनमा आउँदा राम्रो ब्यवसाय गर्न नसकेको थाहा हुँदा हुँदै पनी निर्माता, निर्देशक फिल्म जुदाई रहेका छन् । दुई चलचित्र एक साथ रिलिज हुनु त सामान्य जस्तै बनिसकेकाे थियाे  तर आजबाट एकसाथ तीन चलचित्र भिड्नाले पनी कुराको साबित गरेकाे छ । 

 

null

‘पुरानो बुलेट’ भिषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो बुलेट’ मा मुख्य भुमिकामा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी लगायत कलाकारहरुको रहेको छ । प्रेमकथामा आधारित बनाईएको यस चलचित्रको निर्माण बजेट भने एक करोड रुपैयाँ भन्दा बढी रहेको निर्माण पक्षको दावी गरेका छन् । 

 

‘जानी नजानी’चलचित्र ‘जानी नजानी’ निर्माण युनिटका अनुसार देशका ७४ पर्दामा एकसाथ प्रदर्शनमा ल्याईएको छ । यस चलचित्रको कथा पनि प्रेममा नै आधारित बनाईएको छ । बसन्त अधिकारीले निर्देशन गरेका यस चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभिनय रहेको छ । 

 

‘द म्यान फ्रम काठमाडौँ’ चलचित्र द म्यान फ्रम काठमाडौँ निर्माता नकिम उद्दिनका अनुसार यसमा करिब ५ करोड रुपैयाँ भन्दा बढीकाे लागत रहेका छ । यस चलचित्रलाई नेपालको पहिलो हलिउड फिल्म मानिएको छ । पेमा धोन्डुप निर्देशित यस चलचित्रमा बलिउड, हलिउडसँगै नेपनली कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा गुलसन ग्रोवर, शिशिर बाङ्देल, जोसे म्यानुअल, हमिद शेख, आना शर्मा, कर्मा शाक्य, नीर शाह, आमिर गौतम लगायत कलाकारकाे अभिनय देख्न पाईनेछ । यो नेपालमा बनेको पहिलो अङ्ग्रेजी फिल्म हो । यस फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा बोकेका निर्माणपक्षले बताएका छन् । 

शुक्रबार बिहानीको शोमा यी तिन चलचित्रमा दर्शकको सहभागिता भने ज्यादै न्यून रहको देखियाे ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *