पप्पु कन्ट्रक्सनले समय अगावै बनायो सडक

 

वीरगञ्ज, ८ चैत । पप्पु कन्ट्रक्सनले मकवानपुरको हेटौंडादेखि लोथर सडकखण्ड अन्तर्गत साढे ४ किलोमीटर सडक कालोपत्रे गर्ने कार्य समय अगावै सम्पन्न गरेको छ । हेटौडा डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले पप्पुलाई १५ महीनामा सक्ने गरी सडक कालोपत्रेको ठेक्का दिइएकोमा २ महीनाअघि नै निर्माण पूरा गरेको जानकारी दिए । 

६ करोड ४२ लाख रुपैयाँको लागतमा रोड निर्माण गर्ने ठेक्का दिइएको थियो । सडक विभागले २०७४ कात्तिकमा सो ठेक्का लगाएको थियो । १५ महीनामा पूरा गर्ने सम्झौता भएकोमा समयअघि नै निर्माण कार्य पूरा गरिसकेकाले ठेकेदारलाई कार्य सम्पन्नताको प्रमाणसमेत दिइसकेको सडक कार्यालयले बताएको छ । 

null

मुलुकका विभिन्न विकास निर्माणका आयोजनाहरु ठेक्का लिएर समयमै नबनाउने पप्पु कन्ट्रक्सनलाई आरोप छ । भेरी बबइ सिचाई आयोजना देखि विभिन्न पुल निर्माणमा पप्पु कन्ट्रक्सनले गरेको ढिलासुस्तीको चौतर्फि विरोध हुँदै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *