लुगा सुकाउन समस्या छ ? चिन्ता नलिनुस ! सामुयल लाइन आएको छ

 

काठमाडौं देशको राजधानी भन्नु मात्रको । राजधानीबासीलाई न्यूनतम सुविधा पनि उपलब्ध छैन । त्यसमाथी डेराबासीको समस्या कहाली लाग्दो नै भयो । घरबेटीले डेरावाललाई पानी कम प्रयोग गर्न, शौचालय सफा गर्न, कोठा बाहिर जुत्ता चप्पल नराख्न, पाहुना नल्याउन तथा कोठा भित्र काँटी नठोक्न सबैभन्दा बढि किचकिच गर्छन् । यसका साथै छत र कौसीमा लुगा सुकाउन पनी किचकिच गर्ने घरबेटीको संख्या दिनानुदीन बढ्दो छ । 

लुगा सुकाउने चिन्ता विचरा घरवेटीलाई पनि नभएको कहाँ होर, शनिबार घरका परिवारले साताभरी थुप्रिएका मैला लुगा धोएर छत र कौसीमा सुकाउँदा उनको सुन्दर घर, घर कम ड्राइक्लिनिक ज्यादा जो देखिन्छ । छतभरी लुगा सुकाउन टाँगिएको डोरीमा अल्झीएर उनी कतिपटक त लडि नै सके । हेर्दा सामान्य लाग्ने यस्तो समस्या निराकरण गर्न सामुयल डाइरेक्टले बजारमा ल्याएको छ । सामुयल लाइन । 

null

हजुर, तपाईलाई घर अथवा कोठामा लूगा सुकाउन सास्ती छ, कौसीमा डोरी टाँग्ने ठाउँ नभएर हैरान हुनुहुन्छ । अथवा, कौसीभरी लुगा सुकाउने डोरी टाँगेर विरुप भएको छ, अब यो समस्याबाट मुक्ति पाउनुहोस । 

खुसिबु नयाँबजार स्थित सामुयलडाइरेक्टले केहि महिना अघि बजारमा ल्याएको आकर्षक लुगा सुकाउने डोरी (सामुयल लाइन) ले लुगा सुकाउन स्थान नभएकाहरुलाई सहज बनाइदिएको छ । सामुयल लाइन विशेष प्रकारले तयार पारिएको डोरी हो । यसलाई आवश्यक्ता अनुसार घरभित्र, कोठामा अथवा छत र कौसीमा प्रयोग गर्न सकिन्छ । लुगा सुकाइसकेपछि यसलाई सजिलैसँग निकालेर राख्न मिल्छ । 

 

‘सामुयल लाइनमा सानो ठूलो जस्तो सुकै स्थानमा कपडा सुकाउन सकिन्छ । यो विशेष प्रकारको डोरी हो जसलाई लामो छोटो आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ ।’ सामुयलडाइरेक्टका सञ्चालक सुनिल प्रधान भन्छन्–‘राजधानीमा धेरैका घर र कोठामा लुगा सुकाउने समस्या देखेका छौं, कतिपय घरको छतमा अत्याधिक डोरी राखेर विरुपै बनाइएको छ । सामुयल लाइन आवश्यक्ता अनुसार प्रयोग गर्न र झिकेर राख्न मिल्ने भएकोले अत्यन्त उपयोगी छ ।’ 

युरोपियन स्ट्याण्डर्डमा बनेको सामुयल लाइनमा ठूलो सानो सबै प्रकारका कपडा सुकाउन मिल्छ । यो प्रयोग गर्न सहज छ । सामुयलडाइरेक्टले सामुयल लाइनमा एक वर्षको वारेण्टी समेत दिएको छ । होम डेलिभरीको सुविधा पनि छ । एक थान सामुयल लाइनको रु १,५९९ रहेकोमा कम्पनीले २४ सय रुपैंयामा २ थान उपलब्ध गराउने छ । यो २६ मिटरमा उपलब्ध रहेको छ । 

सामुयलडाइरेक्टले सामुयल लाइनसँगै युरोपियन क्वालिटीका अत्याधिक रुचाइएका हाइव्रिड, पकेट स्प्रिङ, मेमोरी फोम म्याट्रेस, पिलो, बेड कभर समेत विक्रि वितरण गर्ने गरेको छ । यसका अलावा बालबालिकाका लागि अत्यावश्यक वेवी हाइ चेयर, स्ट्रलर पनि विक्रि गर्दछ । सामुलयडाइरेक्टका कुनैपनि प्रोडक्टहरु खरिद गर्दा नेपालभरी निःशुल्क होम डेलिभरीको सुविधा छ । 

सामुयलडाइरेक्ट ब्रान्डका होम एप्लाएन्स युरोपियन बजारमा निकै रुचाइएका छन् । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *