रत्ननगरमा बास्तविक सुकुम्वासीको तथ्याङ्क संकलन सुरु

 

चैत ७,  रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगर भित्र रहेका सुकुम्वासीहरुको तथ्याङ्क संकलन सुरु गरेको छ । निकट भविष्यमा लालपुर्जा वितरणमा सहज वनाउनुका साथै व्यवस्थित वस्ती निर्माणका लागि रत्ननगरले सुकुम्वासीहरुको तथ्यांक सुरु गरेको जनाएको छ । 

युएन ह्वाविटेड र लुमन्ती आवासका लागि सहयोग समुहसँगको सहकार्यमा तथ्यांक सुरु गरेको रत्ननगरका मेयर नारायण वनले जानकारी दिए । स्थानीय तहलाई पुर्जा वितरण गर्ने अधिकार छैन् मेयर वनले भने – केन्द्र हुदै प्रदेशले ऐन बनाएपछि प्रक्रिया अगाडी बढ्ने भएकाले पुर्व तयारीमा तथ्यांक संकलन सुरु भएको छ । 

null

तथ्यांक संकलनका लागि १२ जनाको ६ वटा टोली वनाईएको छ । प्रत्येक वडाबाट एक एक जना जनप्रतिनिधी र विपन्न समुदाय व्यवस्थापन मंचका एक एक जना प्रतिनिधी तथ्यांक संकलनमा खटिएको लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगरका कार्य क्षेत्र संयोजक सिंहवहादुर लामाले जानकारी दिए । लामाका अनुसार २ महिना भित्र नगरको १६ वटै वडाबाट तथ्यांक संकलन गरिने छ । संकलनमा खटिएका गणकहरुलाई ४ दिनको प्रशिक्षण दिईएको थियो । 

लुमन्तीले रत्ननगरमा विगत ६ वर्षदेखी सुकुम्वासीको क्षेत्रमा काम गर्दै आएको छ । नगरपालिका र लुमन्तीले स्थापना गरेको शहरी गरिव सहयोग कोषबाट ऋण लिएर रत्ननगरको लौरीघोलमा सुकुम्वासीका लागि घर निर्माण गरिसकेको छ भने चित्रसारी स्थित माझी मुसहर वस्तीमा घर निर्माण भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *