विप्लबलाई प्रतिबन्ध लगाइएको छैनः नेकपा प्रवक्ता श्रेष्ठ

चैत्र ९, गोरखा । विप्लव समूहमाथि सरकारले प्रतिबन्ध भन्दापनि संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । 

गोरखामा शनिवार) सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले संविधान कार्यान्वयन गर्न नदिने प्रयास भइरहेकोले त्यसको विरुद्ध प्रतिबन्ध लगाइएको प्रष्ट पारे । ‘नयाँ संविधान कार्यान्वयनमा देखिएको चुनौति नियन्त्रण गर्नु राज्यको दायित्व हो ।’ उनले भने । 

 

null

श्रेष्ठले सरकारले विप्लव समूहलाई वार्ताका लागि आह्वान गरेको भन्दै संविधान कार्यान्वयन हुन नदिने उसको क्रियाकलाप नियन्त्रण मात्र खोजिएको जिकिर गरे । ‘विप्लब समुहलाई सरकारले वार्तामा बोलाइरहेको छ, आधिकारिक रुपमा प्रतिबन्ध लगाइएको छैन ।’ उनले भने–‘सविधान विरोधी गतिविधि हुन्छ भने, जुनसुकै समुहलाई नियन्त्रण गरी देशमा शान्ति र सुब्यवस्था कायम गर्नु राज्यको दायित्व हो ।’ 

विप्लवको लक्ष्य राजनीतिक भए पनि गतिविधि राजनीतिक हुन नसकेको प्रवक्ता श्रेष्ठको भनाई छ । ‘शान्तिपूर्ण बाटोबाटै समाजवादको लक्ष्य हासिल गर्न सकिन्छ भने हतियार उठाइरहन आवश्यक छैन । तर, उहाँहरु शान्तिसुरक्षामा खलल र्पुयाउने, समाजमा अराजकता सिर्जना गर्ने बाटो तिर लाग्नुभएको छ ।’ उनले भने ।  

सरकारले विप्लबका गतिविधि नियन्त्रण गर्न भन्दै देशभर प्रहरी प्रशासनलाई एलर्ट गराएको छ । विप्लबका कुनैपनि तहका कार्यकर्ता हातहतियार सहित देखिए गोली प्रहार गर्न सम्म निर्देशन दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *