नेकपा विप्लव समुहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

फागुन २८, काठमाडौं । चन्दा आतंक, आपराधिक कृयाकलाप तथा विकास निर्माणका पूर्वाधार माथि बारम्बार आक्रमण गर्न थालेपछि सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । 

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै सरकारले प्रतिबन्ध लगाएको हो । 

 

null

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको स्रोतको दावि छ । 

राज्यले वार्तामा बोलाउँदा समेत विप्लब समुह नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन् । 

स्रोतका अनुसार बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले विप्लव समूहका पछिल्ला गतिविधि, वार्तामा ल्याउन गरेको प्रयास, एनसेल लगायतका स्थानमा भएको बम विस्फोट र चन्दा आतंकबारे व्रिफिङ गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *