लागुऔषध सहित एक पक्राउ 

चैत्र १०, काठमाडौ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेकाे छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको हाे ।  

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख नायब उपरीक्षक कुमार विक्रम थापाले महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख १२०९ नंको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई पक्राउ गरिएको वताए । 

प्रहरी नायब उपरीक्षक थापाले उनको साथबाट अवैध लागुऔषध नाइट्राभेट १६५ ट्याब्लेट बरामद गरिएको छ ।. 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *