घुम्ती बिमामा एनसिस र प्रभु लाइफ इन्स्योरेन्सबीच सहकार्य

 

चैत ५, काठमाडाैँ । घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गर्न नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र प्रभु लाइफ इन्स्योरेन्सबीच बिशेष सहकार्य भएको छ । 

प्रदेश १, २ र ३ का बिभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा एनसिसका तर्फबाट मनिष प्रसाईं र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले हस्ताक्षर गरेका छन् । 

null

सम्झौतासँगै प्रभु लाइफ इन्स्योरेन्स घुम्ती बिमाअन्तर्गत हुने १० कार्यक्रमको मुख्य प्रायोजकको रुपमा एनसिससँग जोडिएको छ । बिमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट उद्घाटन हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *