विप्लव समुहलाई सहयोग गर्नेलाई पनी कारवाही

 

चैत्र १०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह प्रति सरकार अझै कठोर बन्दै गइरहेको छ । धमाधम पार्टीका केन्द्रिय स्तरका नेता कार्यकर्तालाई गिरफ्तार गरेको सरकारले अब विप्लव समुहलाई चन्दा सहयोग गर्नेलाई समेत नछाड्ने भएको छ ।  

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै विप्लव समुहलाई चन्दा लगायतका सहयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । विप्लम माओवादी समुह विध्वंसशात्मक क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारले सो समूहलाई सहयोग गर्नेलाई पनि कारवाही गर्ने चेतावनी दिएको हो । 

null

गृह मन्त्रालयद्वारा जारि विज्ञप्तिमा विप्लव समूहको गतिविधिलाई सहयोग गर्नेलाई हालै मन्त्रीपरिषदवाट पारित भएको अपराधीक तथा विध्वंसात्मक नियन्त्रण विधेयक अनुसार कारबाही हुने चेतावनी दिइएको छ । 

 

सरकारले कुनै किसिमको आर्थिक, भौतिक सहयोग एवं त्रास र धम्की तथा प्रलोभनमा नर्पन जनतालाई आग्रह गरेको छ । यस्तो गरेमा तत्काल प्रहरीलाई खवर गर्न सरकारले आग्रह गरेको छ । 

विप्लव समुहबाट प्रताडित उद्योगी ब्यापारी र ब्यवसायी सरकारको उर्दी पछि झन त्रसित भएका छन् । चन्दा दिउँ विध्वंसात्मक गतिविधिमा संलग्नलाई सहयोग गरेको भन्दै सरकारले कारवाही गर्ने, नदिउँ विप्लव समुहले कारवाही गर्ने । राज्य र विद्रोहीको चेपूवामा परेका उद्योगी, ब्यवसायी ढुक्कले ब्यवसाय गर्न नसक्ने अवस्थामा रहेको बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *