‘विप्लव’ समूहका कोशी ब्युरो संयोजक श्रेष्ठ पक्राउ

काठमाडौँ, ११ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई प्रहरीले पक्राउ गरेको छ । उच्च स्रोतका अनुसार श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो ।
श्रेष्ठ द्वन्द्वकालीन समयमा तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए । उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन । सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ ।
शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ ।
null
राजधानीसहित देशका विभिन्न भागमा भएका विस्फोटका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चन्द समूहका गतिविधिको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।








