आफूलाई १६ वर्षे बताउँने हमाललाई पिताको भूमिकाको लागि प्रस्ताव

  

फागुन २३, काठमाडौँ । नेपालको एक समयको सुपरहिट अभिनेता राजेश हमाललाई फिल्म ‘प्रेमगीत ३’ मा नायक प्रदिप खड्काको बुवाको भूमिका खेल्न प्रस्ताव आएको छ । 

फिल्म ‘प्रेमगीत ३’ लागि बुवाको भूमिकाका लागि फिल्म क्षेत्रकै एउटा पाका कलाकारको आवश्यकता पर्ने भएकाले हमाललाई निर्माणपक्षद्वारा यो प्रस्ताव गरिएको हो । 

null

बारम्बार ठ्टौलीमा आफूलाई १६ वर्षे बताउँदै आईरहेका हमालले बुवाकोको भूमिका गर्ने बिषयमा उनी सकारात्मक भएपनि संझौता भने भैसकेको छैन । हाल नायक हमाल आफैले पनि चलचित्र निर्देशन गर्ने तयारी गरिरहेको खबर बाहिर आएको छ । 

निर्देशक छेतन गुरुङ ले निर्देशन गर्न लागेका यस फिल्ममा नायिका भने नयाँ अनुहार राख्ने निर्माणपक्षको योजना रहेको छ । निर्माता सन्तोष सेनद्वारा निर्मित यस फिल्मको छायांकन भने दशैंपछि सुरु गर्ने तयारी रहेको छ । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *