भरतपुर महानगरसंँग स्वीकृती नलिई धमाधम प्लटिङ

चितवन, २२ फागुन । चितवनको भरतपुर महानगरपालिकाले जग्गाको कित्ताकाँट फुकुवा गर्ने सरकारको निर्णय लागू गर्न नसक्ने बताए पनि यहाँको वडा नम्बर १५ मा रहेको शितलचोक नजिक धान फल्ने घोल खेतमा धमाधम प्लटिङ्ग गरेको पाइएको छ । महानगरसँग कुनै पनि स्वीकृती नलिई भरत गुरूङ सहितको समूहले धान खेतमा प्लटिङ्ग गरिरहेको पाइएको हो ।
जग्गाको वर्गीकरणका आधारमा जग्गाको अंशबण्डा, किनबेच, प्लटिङको मापदण्ड स्थानीय तहले नै बनाउने उल्लेख गरिएको नीति अनुसार थप गृहकार्य गर्नुपर्ने भन्दै भरतपुर महानगरले जग्गा कित्ताकाँट रोके पनि गत पुस २७ गते सरकारले कित्ताकाँट फुकुवा गरेको थियो ।
null
स्वीकृत लिएको छैनन् : वडा अध्यक्ष भण्डारीयता, भरतपुर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष शम्भुबहादुर भण्डारीले प्लटिङ्ग गर्ने समूहले वडा कार्यालयबाट कुनै स्वीकृती नलिएको बताए । ‘मैले पनि प्लटिङ भइरहेको देखेको छु, तर वडालाई यसबारे जानकारी नै छैन,’ वडाध्यक्ष भण्डारीले भने, ‘सम्बन्धित निकायमा जानकारी गराउँछु ।’
तत्कालै जानकारी माग्ने छु : महानगर प्रमुख दाहालयता, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्लटिङ गरिएको बारेमा आफूलाई कुनै पनि कुरा थाहा नभएको बताउदै यसबारे तत्कालै सम्बन्धि निकाय समक्ष जवाफ माग्ने बताएकी छिन् । उनले भनिन्, यस विषयमा के भएको हो, म अनभिज्ञ छु । महानगरले अहिले जग्गाको प्रकृति र अवस्थाका बारेमा सर्भे गरिरहेको छ,’ मेयर दाहालले भनिन्, ‘खेतीयोग्य कृषि जग्गामा प्लटिङ गर्न दिने नीति महानगरको छैन ।’
कित्ताकाँट गरेका छैनन्, खेतमा बाटो मात्रै खोलेर राखेको हुँ : भरत गुरुङप्लटिङ्ग गर्ने मध्येका एक गुरूङले खेतमा बाटो मात्रै खोलेर राखेको, तर कित्ताकाँट भने नगरेको दावी गरे । ‘बाटो खोल्न पाइन्छ भनेर अहिले बाटो बनाएका हौं,’ गुरूङले भने ‘कतैबाट पनि स्वीकृती लिएका छैनौं ।’ असार, साउन र भदौ महिनामा पानी जम्ने घोलमा प्लटिङ्ग गरेर उनीहरुले ९ देखि १७ धुरसम्मका टुक्रा तयार गरेका छन् ।
१० धुरको मूल्य ३२ लाख मूल्य तोकेका छन् । मंगलपुर रामपुर सडकखण्डको झण्डै चार फिट तल लोल्याण्डमा यो खोल खेत छ । भरतपुरमा मात्र अव्यवस्थित तरिकाले प्लटिङ भएका कारण झण्डै २० प्रतिशत कृषियोग्य जमिन नासिएको कृषि कार्यालयको तथ्यांक छ । यो क्रम बढ्दै गएपछि महानगरले प्लटिङ्गमा रोक लगाएको थियो ।








