ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक मृत्यु, ट्रक सहित चालक फरार

 

चैत्र १२, रत्नगर ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

आज बिहान करीब साढे ९ बजे पूर्वदिशाबाट आइरहेको ना ४ ख ९९८१ नं को ट्रकले विपरीत दिशामा गइरहेको ग १४ प ५५७२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला जुगेडी नगरपालिका–८ का ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

null

मोटरसाइकलमा सवार मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र आठ वर्षीय छोरा लीलाबहादुर पुलामी दुर्घटनामा घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज (सिएमएस) मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । 

घाइतेको अवस्था सामान्य छ । ठक्कर दिने ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *