प्रधानमन्त्रीले यसरी गरे तरकारी बजारको उद्घाटन (फाटो फिचर)

 

चैत ३, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिकास्थित फलफुल तथा तरकारी थोक बजारको उद्घाटन गरेका छन् । 

विराटनगर महानगरपालिकासँगै सिमा जोडिएको मोरङको कटहरी स्थित जमटोकीमा विश्व बैंकको १६ करोड रुपैयाँको आर्थिक सहयोगमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयद्धारा निर्मित एकिकृत फलफुल तथा तरकारि बजारको प्रधानमन्त्री ओलीले शिला लेखको अनावरण र प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईलाई साँचो हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् । 

null

 

मोरङ लगायत आसपासका जिल्लाको कृषि उत्पादनलाई सहजरुपमा बजारीकरण गर्न पूर्वको तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले फलफुल तथा तरकारी थोकबजारको निर्माण गरेको छ । 

 

उद्घाटन भएसँगैे एकिकृत रुपमा तरकारी तथा कृषिजन्य उत्पादनको अब थोक तथा खुद्रा व्यापार सोही स्थानबाट हुनेछ । प्रदेश सरकार मातहत रहने सो बजार व्यवस्थित रुपमा सञ्चालन गर्न प्रदेश नं. १ को सरकारले निर्देशिका बनाइ कार्यान्वयनमा ल्याउनेछ । 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =