मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, श्रीमती र छोराले दिए दागबत्ती

 

फागुन १७, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिकि उड्डयनमन्त्री रवीन्द्र अधिकारीको दाहसंस्कार गरिएको छ । 

शुक्रबार पोखरामा अन्तिम श्रद्धाञ्जली दिँदै शवयात्रा गरेर रामघाटमा साँझ दाहसंस्कार गरिएको हो । उनलाई जेठो छोरा विजय अधिकारीले दागबत्ती दिए । 

null

अधिकारीको ७ दिन मात्रै काजकिरिया गरिनेछ । १३ दिनको कर्मकाण्ड लामो हुने भएका कारण परिवारको इच्छा अनुसार नै ७ दिन मात्रै काजकिरिया गरिने भएको हो । 

यसअघि मन्त्री अधिकारीसहित दुर्घटनामा दिवंगत भएका सातै जनाको शवलाई श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *