सेना परिचालन विद्येयकबारे कांग्रेसले ‘प्रोपोगाण्डा’ गर्यो: पाण्डे

 

काठमाडौं, १० चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्न सक्नेगरि सेना परिचालन विद्येयक ल्याउन लागेको भनेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रोपागाण्डा गरेको आरोप लगाएका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले कांग्रेसले ‘नन–ईस्यु’ उठाएर राजनीति गरिरहेको आरोप लगाएका हुन् । उनले भने,‘कांग्रेसले अहिले जे गरिरहेको छ, यो विल्कुलै राजनीतिक एजेण्डा होईन, राजनीतिक प्रोपोगाण्डा मात्रै हो । कहिले गोविन्द केसीको कुरा उठाएको छ, कहिले के भनेको छ, अहिले आएर सेना परिचालनको नाममा कांग्रेसले नन–ईस्यु उठाएको छ । बास्तवमा भन्नुहुन्छ भने यो विद्येयक आजभन्दा २ वर्ष पहिले कांग्रेसकै पालामा ल्याईएको हो । तर, अहिले कांग्रेसले यसमा स्यालहुईँया देखायो ।’ 

null

साक्षात्कारमा बोल्दै उनले सेना परिचालनसम्बन्धी विद्येयकबारे कोही पनि द्धिविधामा पर्न नहुने स्पष्ट पारे । उनले भने,‘संविधानलाई अवेज्ञा गरेर सरकारले कुनैपनि काम गर्दैन् । सरकार संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्छ । जनताको स्पिरिटअनुसार नै अघि बढ्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’ 

उनले प्रधानमन्त्रीले सेना परिचालन गर्न लागे भनेर राजनीतिक खेती गर्न लागिएको भन्दै त्यसको विरोध गरे । उनले भने,‘कसैलेपनि ठूलो स्वरमा अनावश्यक कुरालाई प्रोभोक नगरौं । उक्त विद्येयकका बारेमा २ वर्ष पहिले यो कुरा किन आएन ? सुरक्षा परिषदबिना प्रधानमन्त्रीले सेना परिचालन गर्न मिल्दैन् ।’ उनले सेनालाई खल्तीको विषय बनाउन नहुने धारणा राखे । उनले थपे,‘सेनालाई खल्तीको विषय बनाउनुहुँदैन् । सेनाको ईतिहास र गौरवमा हामी आँच आउन दिँदैनौं । यसमा शंका नगर्न आग्रह गर्दछौं ।’ 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सेना परिचालनसम्बन्धी विद्येयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । 

उनले भने,‘विद्येयकको भाषा हेर्दा प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बस्न नसक्ने अवस्थामा सेना परिचालन गर्न पाउनेगरि ल्याईएको छ । यसलाई सच्याउनुपर्छ । सेना यस्तो संयन्त्र हो, जोसँग हरेक सूचना हुन्छ । त्यसैले सुरक्षा परिषदको बैठक बस्न नसकेको खण्डमा प्रधानमन्त्रीले सेना परिचालन गर्ने भन्ने कुरा नै गलत छ ।’ 

प्रधानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरेर आफूमा शक्ति थोपर्ने काम गरिरहेको टिप्पणी गरे । उनले भने,‘भोलि प्रधानमन्त्री त्यस्तै कडा खालको पर्नुभयो भने सेना परिचालन गर्नेबारे के हुन्छ ? अहिलेका प्रधानमन्त्रीले पनि अधिकार एकीकृत गरिरहनुभएको छ । राजश्वदेखि लिएर राष्ट्रिय अनुशन्धानलाई आफू मातहात ल्याउनुभएको छ, अब अन्तिम हतियार भनेको सेना हो ।’ 

आफूहरुले उक्त विद्येयकलाई धेरै कुरा विचार गरेर रोकेको दाबी गरे । उनले भने,‘विषम परिस्थितिमा सेना परिचालन गर्ने भन्ने अनि सुरक्षा परिषदको बैठक बस्ने नसकेको अवस्थामा प्रधानमन्त्रीले सेना परिचालनको लागि मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भनिएको छ, यो गलत कुरा हो ।’ 

उनले सेना परिचालनजस्तो महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग सल्लाह नै नगरेको जिकिर गरे । उनले भने,‘यस्तो विषयमा हामीसँग सरसल्लाह गर्नुपर्दथ्यो ।’ उनले नेकपाका नेता सोम पाण्डेले भनेजस्तो सेना परिचालन विद्येयक २ वर्ष पहिले कांग्रेसको पालामा नै ल्याईएको भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे । 

उनले थपे,‘संघीय कानून नै बनेको छैन, अहिले प्रधानमन्त्रीलाई अप्रत्यक्ष रुपमा अधिकार दिन खोजिएको छ । हामीलाई यो कुरा मान्य छैन्। विद्येयक संशोधन गर्नुपर्छ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *