पोखरामा मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली, ४९ वटा झण्डा झुकाइयो

 

फागुन १७, काठमाडौँ । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि उनको गृहनगर पोखरामा तयारी भइरहेको छ। 

गण्डकी प्रदेश सरकार, पोखरा महानगर, उद्योग वाणिज्य संघलगायत संघसंस्थाको अगुवाईमा पोखरा ९ नयाँबजार, प्रदर्शनी केन्द्रमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिने तयारी चलिरहेको छ । 

null

 

श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको दिवंगत मन्त्री रवीन्द्र अधिकारीको शव त्यहाँबाट उठाएर गाडीमा राखिएको छ । उनको शव टुँडिखेलबाट कमलपोखरी, रातोपुल हुँदै गौशालाबाट एयरपोर्ट लगि गृहनगर पोखरा लैजाने तयारी छ । 

पोखरा श्रद्धाञ्जली सभामा ४९ वटा झण्डा झुकाइएको छ । मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन हजारौँको भीड लागेको छ । 

 

नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । 

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका स्व. अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *