कामना सेवाको VISA कार्ड सेवा शुभारम्भ

फागुन १८, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले फागुन १७ गतेबाट VISA Debit कार्ड सुविधाको शुभारम्भ गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले रिवन काटी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले VISA कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त VISA कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने बताए । 

साथै, VISA कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा तथा २० वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *