अवैध रूपमा लैजाँदै गरेको सल्लाको काठ बरामद

 

फागुन २८, नुवाकाेट ।  जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ । 

विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी बिक्रीका लागि लैजाँदै गरेको उक्त परिमाणको काठ र काठ बोक्न प्रयोग भएका दुई मिनीट्रक सोमबार प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार यादवले जानकारी दिए । 

null

यादवका अनुसार काठसहित केही व्यक्तिलाई समेत पक्राउ गरिएकाले संलग्नको पहिचानपश्चात् जिल्ला अदालतमा मुद्दा चलाइने तयारी छ । “सामुदायिक वनमा कटान भएको काठ बोकेर बिक्री गर्न लैजाँदै गरेको बा ३ क २०८६ नंको मिनीट्रक र त्यसका चालक सुमन राई तथा बा ४ ख ९९१ नंको मिनीट्रक र त्यसका चालक सन्तोष राई सहित पाँच माथि अनुसन्धान थालिएको छ”, यादवले भने, “कटान गरेको काठको रुख सङ्ख्या लगायतका कैफियत स्थलगत अवलोकनपश्चात् तयार हुने प्रतिवेदन अनुसार कारवाही अघि बढाइने छ ।” 

जिल्ला वन कार्यालयले विसं २०७२ देखि जिल्लाको निजीलगायत सबै वन क्षेत्रमा उत्पादन भएका सल्लाको काठको व्यावसायिक कारोवारमा प्रतिबन्ध लगाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *