मुलुकलाई संमृद्धिको दिशामा अघि बढाउन लगानी सम्मेलन आवश्यक: डा. भट्टराई

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने स्पष्ट पारेका छन् ।  

शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै डा. भट्टराईले सरकारले लगानी सम्मेलनको लागि सम्पूर्ण तयारी गरिसकेको र सम्मेलन सफल हुने विश्वास दिलाए । उनले भने,‘सरकारले प्रस्ताव गरेकोभन्दा बढि नै लगानीको प्रतिबद्धता आउने विश्वास छ । अहिले ३० खर्बको परियोजनाहरु प्रस्तुत गरिएको छ । त्यो भन्दापनि बढि नै प्रतिबद्धता आउनेछ ।’  

उनले मुलुकले अहिले नयाँ दिशा पक्रिएको बताए । भट्टराईले सरकारले लिएको विकास, संमृद्धि र सुशासनको लक्ष्य प्राप्त हुने विश्वास दिलाए । उनले भने,‘राजनीतिक स्थायित्व हाँसिल भएको छ, अब देशलाई आर्थिक संमृद्धिको दिशातर्फ डोर्याउनुपर्छ । सरकारले प्रयत्न गरिरहेको छ ।’ 

null

 

भट्टराईले अहिले राजनीतिक हिसाबले पनि लगानी सम्मेलन अत्यन्तै सान्दर्भिक रहेको जिकिर गरे । उनले भने,‘मुलुकलाई विकास र संमृद्धिको दिशामा अघि बढाउने सरकारको लक्ष्य रहेको बेलामा यो लगानी सम्मेलन आवश्यक थियो ।’ नेपाल पुँजी, ज्ञान तथा प्रविधिमा आत्मनिर्भर नभएकोले विदेशी लगानी, पुँजी र ज्ञान स्वदेशमा भित्र्याउन जरुरी रहेको उनको भनाई छ ।  

उनले मुलुकको आवश्यकत्ता र औचित्यअनुसार नै सरकारले विदेशी लगानी भित्र्याउन प्रयत्न गरिरहेको जिकिर गरे । उनले भने,‘हामी लगानी सम्मेलनको अन्तिम अवस्थामा छौं । अहिलेसम्म करिब ४ सयको हाराहारीमा सहभागी जनाउने निश्चित् भैसकेको छ । करिब ३८ देखि ४० देशका प्रतिनिधिहरु आउनुहुन्छ ।’  

उनले उक्त लगानी सम्मेलनमा फ्रान्स र म्यान्मारबाट विदेश मन्त्री नै सहभागि हुने पनि जनाए । ‘यो सकारात्मक सन्देश हो । अरु देशहरुबाट पनि प्रोमिनेन्ट पर्सानालिटीहरु पनि आउने कुरा छ ।’ उनले भने । मुलुकमा लगानी भित्र्याउने तयारी भैरहेको बेलामा कानुन र प्रक्रियालाई सरल र सहज बनाउनुपर्ने कुरामा सरकारले ध्यान दिने पनि उनले विश्वास दिलाए ।  

उनले सम्मेलनमा आउने केहीले सुरुमै एम.ओ.यू गर्नेदेखि लिएर एक तह माथि बढेर एग्रिमेन्ट गर्नेबारे पनि कुरा भैरहेको सुनाए । ‘सरकारले मुलुकको विकास र संमृद्धिको लागि स्वदेशी तथा विदेशी लगानीकर्ता दुवैलाई प्रोत्साहन गर्छ । हामी त्यही अनुरुप अघि बढिरहेका छौं ।’ उनले भने । 

डा. भट्टराईले सर्भिस डेलिभरीमा नेपालको ईफिसेन्सी कम भएकोले यसलाई अब बढाउनु पर्नेमा जोड दिए । ‘भारतको व्यूरोक्रेसीको क्षमता धेरै राम्रो छ, चिनियाँको त झनै राम्रो छ, हाम्रो व्यूरोक्रेसीले पनि सिक्नुपर्छ ।’  

फरक प्रसँगमा उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाविरुद्ध सरकारले लगाएको प्रतिबन्ध जायज भएको प्रतिक्रिया दिए । ‘विप्लव समूहले शान्तिपूर्ण आन्दोलन तथा विरोध गरेको भए सरकारले कुनै अवरोध गर्दैनथ्यो ।’ संविधान र कानुनविपरित क्रियाकलाप गर्ने छुट कसैलाई पनि नभएको उनको भनाई छ ।  

उनले भने,‘विप्लवजीहरुले गरेका गतिविधिहरु राजनीतिक गतिविधि होईनन् । सरकारले आफ्नो दायित्व पूरा गरेको छ । संविधानविरोधी गतिविधि नियन्त्रणको लागि सरकारले कदम चालेको हो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *