‘सिके राउत र विप्लब एउटै सिक्काका दुई पाटा हुन्, जनमत संग्रह हुन सक्दैन’

  

फागुन २९, काठमाडौं । सरकारले विप्लब माओवादी माथि प्रतिबन्ध लगाएर देशमा द्वन्द्व चर्काउन खोजेको नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले बताएका छन् । राजनीतिक आस्था लिएर देश भित्र संघर्ष गरिरहेको समुहलाई वार्ता मार्फत मुलधारमा ल्याउनु पर्नेमा प्रतिबन्ध लगाएर सरकारले गलत गरेको उनको दावि छ । 

‘विप्लब समुहलाई प्रतिबन्ध लगाएर सरकारले पुनः देशमा द्वन्द्व चर्काउन खोजिरहेछ । हिजो प्रचण्ड त्यहि बाटोमा थिए, उनलाई पनि वार्ता मार्फत शान्तिपुर्ण राजनीतिमा ल्याइएको हो । विप्लबलाई पनि वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याउनु पर्छ ।’ उनले भने । 

null

अध्यक्ष बस्नेतले विप्लवलाई हत्या हिंसा र चन्दा आतंकको राजनीति छाडेर शान्तिपूर्ण आन्दोलनमा आउन आग्रह गरे । ‘हिँसाको राजनीति त्यागेर अहिलेको संविधानमा आउनुस, जनताको अभिमत लिएर सरकार चलाए भो ।’ 

 

बस्नेतले सरकारले राज्यद्रोह, प्रृथकतावादी आन्दोलन गर्ने एशियाको नयाँ देश बनाउनेलाई सुरक्षा गार्ड दिएको प्रतिपनि घोर विरोध जनाए । ‘देश टुक्राउन खोज्नेलाई सुरक्षा दिइएको छ, यसले मुलुकमा अस्थिरता पैदा गर्दछ । केपी ओली सरकारले विखण्डनकारीसँग सहमति गरेर पहिलो गल्ती गर्यो । दोस्रो गल्ती विप्लबलाई प्रतिबन्ध लगाएर गर्यो ।’ 

उनले विप्लबको समस्या राजनीतिक भएकोले राजनीतिक रुपमै हल गर्नुपर्नेमा जोड दिए । ‘शान्तिपूर्ण वातावरणबाट मुलधारमा सकिने अवस्था हुँदाहुँदै प्रतिबन्ध लगाउनु उचित भएन । यो राजनीतिक विषय हो । राजनीतिक तवरबाटै समाधान गर्नुपर्छ ।’ बस्नेतले मकालु खबरसँग कुरा गर्दै भने । 

उनले राज्य विखण्डन गर्न खोज्ने सिके राउत र संविधान मान्दैनौं भन्दै आतंक मच्चाउने विप्लव माओवादी एउटै सिक्काको दुई पाटा भएको समेत जिकिर गर्दै दुवैको कृयाकलापले मुलुकमा स्थायी शान्ति नआउने ठोकुवा गरे । ‘सिके राउत र विप्लव एउटै सिक्काका दुई पाटा हुन्, दुवैले यो संविधान मानेका छैनन् । यिनीहरु सञ्चालित छन् । एउटा देश टुक्राउँन खोज्छ, एउटा संविधान मान्दिन भन्छ ।’ उनले भने–‘देश टुक्रन पाउँदैन, जनमत संग्रह हुन सक्दैन, मधेश नेपालको अभिन्न अंग हो, हिमाल पहाड र तराई विच बस्ने जातजाति भाषाभाषी विचको सुमधुर सम्बन्धलाई विगार्न पाईदैन ।’ 

बस्नेतले सिके राउतलाई पनि जनताको संविधान मानेर मुल बाटोमा आउन आग्रह गरे । ‘तपाईपनि यहि देशको नागरिक हो, नेपाल अखण्ड छ, अखण्ड रहिरहन्छ ।’ 

यो संविधान हज्जारौं जनताको बलिदानीबाट आएको संविधान भएकोले संविधान र देशको रक्षार्थ तरुण दल जस्तो सुकै बलिदानी दिन तयार रहेको अध्यक्ष बस्नेतको भनाई छ । ‘१० वर्षको शशस्त्र द्वन्द्व यता हज्जारौं जनताले यो संविधानका लागि बलिदानी दिएका छन्, सयौं सहिद भएका छन् । अपांग भएका छन् । यो संविधानको संरक्षणको खातिर तरुण दल कुनैपनि बलिदानी दिन तयार छ ।’ 

उनले केपी ओली, प्रचण्ड, सिके राउत र विप्लव एउटै सिक्काका पाटा समेत रहेको दावि गर्दै मुलुकमा अस्थिरता पैदा गर्न उद्यत रहेको दावि गरे । ‘सरकारको निर्णयले देश पुनः द्वन्द्वमा जाने अवस्था आएको छ । 

विगतको शशस्त्र द्वन्द्वले देश १० वर्ष पछाडी धकेलिएको थियो, अब पुनः त्यहि खेल दोहोर्याउने सड्यन्त्र भइरहेछ । प्रजातन्त्र, संविधान र राज्य प्रति कसैले बक्रदृष्टि राख्न भने, तरुण दल चुप लागेर बस्दैन ।’ उनले भने । 

नेकपाका अध्यक्ष प्रचण्डले विप्लब र सिके राउतका सन्दर्भमा दिएको अभिब्यक्ति प्रति बस्नेतले प्रचण्डले बोल्दैमा केहि फरक नपर्ने समेत जिकिर गरे । ‘प्रचण्डले कहिले कहाँ के बोल्छन्, हामीलाई मतलव भएन । निर्णय भएको कुरामा मात्र हामीले अभिब्यक्ति दिने हो । प्रचण्डले विहान के भन्छन्, बेलुकी के भन्छन्, त्यसको खासै अर्थ हुँदैन ।’ उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *